Information is intelligence
HomeNewsराष्ट्रिय समावेशी आयोगले शिक्षा तथा कोभिड खोपका सवालमा ध्यानाकर्षण गरायो

राष्ट्रिय समावेशी आयोगले शिक्षा तथा कोभिड खोपका सवालमा ध्यानाकर्षण गरायो

- Advertisement -spot_img

राष्ट्रिय समावेशी आयोगले विहीवार गोरखापत्रमा प्रकाशित ‘दलित समुदायका बालबालिका भर्ना हुनबाट बञ्चित’ शीर्षक प्रति ध्यानाकर्षण गराएको जनाएको छ ।

सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका स्थित भिमेश्वरी माध्यमिक विद्यालयले भर्ना शुल्क लिएको कारण त्यहाँका स्थानीय माझी, दनुवार तथा दलित समुदायका विद्यार्थी शिक्षा लिनबाट बञ्चित भएको समाचार प्रति ध्यानाकर्षण भएको जनाउँदै त्यसबारे शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयसँग जानकारी माग्ने निर्णय सहित विज्ञप्ति जारी गरेको हो ।

आयोगका प्रवक्ता तथा उपसचिव पुष्कर भट्टाराईले संविधानको धारा ३०६ को उपधारा (१) को खण्ड (ड) बमोजिम अति सिमान्तकृत समुदायमा पर्ने उक्त समुदायको निःशुल्क शिक्षा प्राप्त गर्न हकबाट बञ्चित गरिएको बारे सो मन्त्रालयसँग जानकारी माग्ने निर्णय गरिएको बताए ।

उनले संविधानको धारा ३१ को धारा १, २ र ३ ले विद्यालय स्तरीय शिक्षा निःशुल्क पाउने ग्यारेन्टी गरेकोले यस प्रकरणमा ती धारा समेत आकर्षित हुने समेत बताएका थिए ।त्यसै गरी विहिवार नै द काठमाडौँ पोष्टमा सबै ज्येष्ठ नागरिकहरुले कोरोना भाइरस विरुद्धको खोपको पूर्ण मात्रा लगाउन नपाएको सन्दर्भको समाचार प्रति पनि ध्यानाकर्षण भएको जनाउँदै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग जानकारी लिने निर्णय समेत गरेको छ ।
पहिलो खोपको मात्रा लगाएका ज्येष्ठ नागरिकलाई दोस्रो मात्र समयमै उपलब्ध गराउन र अन्य सबै ज्येष्ठ नागरिकलाई कोरोना भाइरस विरूद्धको खोप लगाउन प्राथमिकतामा राख्नु पर्ने आयोगको ठहर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय