Information is intelligence
HomeSportsयुरो कप २०२० : क्वार्टर फाइनलमा आज दुई खेल

युरो कप २०२० : क्वार्टर फाइनलमा आज दुई खेल

- Advertisement -spot_img

युरोकप- २०२० मा आजदेखि क्वाटरफाइनलका खेल सुरु हुँदैछन् । शुक्रबार राति क्वाटरफाइनलका दुई खेल हुनेछन् ।

क्वाटरफाइनलको पहिलो खेल स्पेन र स्विट्जरल्याण्डबीच हुनेछ । स्पेन र स्विट्जरल्याण्डको खेल रूसको सेन्ट पिटर्सवर्गमा नेपाली समयअनुसार ९:४५ बजे हुनेछ ।

स्पेनले सर्वाधिक तीन पटक युरोकपको उपाधि चुमेको छ । यता स्विट्जरल्याण्डले पहिलो पटक युरोकपको क्वाटरफाइनलमा स्थान बनाएको छ ।

साविक उपविजेता फ्रान्सलाई हराएर क्वाटरफाइनलमा स्थान बनाएको स्विट्जरल्याण्डले राम्रो टिमको परिचय बनाइरहेको छ ।

त्यस्तै दोस्रो खेलमा आज ‘ब्लकबस्टर’ खेलको तालिका रहेको छ। चार पटक विश्वविजेता इटाली फिफा बरियतामा नम्बर १ टोली बेल्जियमसँग आमने सामने हुँदैछ। डिफेन्डिङमा जब्बर मानिने टोली इटाली र गोल मेशिनले भरिपूर्ण बेल्जियमको एट्याक बिचको खेल आजको हाइलाइट रहनेछ। खेल मध्यरात १२:४५ बजेबाट शुरु हुँदैछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु