Information is intelligence
HomeInternationalजापानमा बाढीपहिरो , २० जना बेपत्ता

जापानमा बाढीपहिरो , २० जना बेपत्ता

- Advertisement -spot_img

टोकियो — मध्यजापानको सिजुको जिल्लामा शुक्रबार रातिदेखिको भारी वर्षाका कारण आएको बाढीमा परी कम्तीमा २० जना हराएका छन् । सिजुको जिल्लाको अतामी गाउँमा बाढीले एक दर्जन घर बगाएको जनाइएको छ ।

जापानको अतामी सहरमा गएको पहिरो । तस्बिर : रोयटर्स
घर बगेपछि २० जना बेपत्ता भएका हुन् । अधिकारीहरूले शनिबार बिहानदेखि हराएका उनीहरूको खोजी कार्य जारी रहेको जनाएका छन् । प्रहरी अधिकारीले हराएकाहरूको खोजी भइरहेहको भए पनि उनीहरू जिउँदै भेटिने सम्भावना निकै नै कम रहेको बताएका छन् ।

सो क्षेत्रमा केही दिन यतादेखि भारी मात्रामा वर्षा भइरहेको छ । वर्षा तथा बाढीका कारण अतामीका साथै नजिकैका गाउँका हजारौं मानिस प्रभावित भएको जनाइएको छ ।

त्यस्तै, जापानको मध्यक्षेत्र सिजोओका प्रान्तमा ३५ हजारभन्दा बढी मानिस पहिरोको जोखिममा रहेको भन्दै उनीहरूलाई सुरक्षित स्थलमा सर्न प्रशासनले शनिबार आग्रह गरेको छ । पहिरो प्रभावित क्षेत्रमा पुनः पहिरो आउने खतरा रहेको स्थानीय प्रशासनलाई उद्धृत गरी जापानी सञ्चारमाध्यमले उल्लेख गरेको छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु