Information is intelligence
HomeNewsसिर्सियाको बाढीले पर्साका बस्ती डुबानमा

सिर्सियाको बाढीले पर्साका बस्ती डुबानमा

- Advertisement -spot_img

पर्सा : सिर्सिया खोलाको बाढी पस्दा पर्साका बस्ती डुबानमा परेका छन् । रानीघाट, रामगढवा, गछिया टोल, श्रीपुर नयाँवस्ती, कृषि औजार क्षेत्र र शिवपार्वती क्षेत्रका वस्ती डुबानमा परेका हुन् ।

रानीघाट क्षेत्रमा कम्मरसम्म डुब्ने पानी छ । अन्न, लत्ताकपडा पानीमा डुब्दा स्थानीयको बिजोक छ । उनीहरु आफन्तको घरमा बसेका छन् ।

डुबानमा परेको रानीघाट क्षेत्रबाट ३१ घरधुरीका ८४ जनालाई वडा प्रहरी कार्यालय श्रीपुरको टोलीले शनिबार साँझ उद्धार गरेको छ । ४७ जना पुरुष, २२ जना महिला र १५ जना बालबालिकालाई उद्धार गरेको प्रहरी निरीक्षक (इन्सपेक्टर) दिनेश गौतमले जानकारी दिए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु