Information is intelligence
HomePoliticsप्रधानमन्त्रीको प्रतिगमनविरुद्ध संयुक्त विद्यार्थी संगठनले अन्तक्रिया कार्यक्रम गर्ने

प्रधानमन्त्रीको प्रतिगमनविरुद्ध संयुक्त विद्यार्थी संगठनले अन्तक्रिया कार्यक्रम गर्ने

- Advertisement -spot_img

प्रधानमन्त्री केपी ओलीले गरेको संसद बिघठनबिरुद्ध आन्दोलनरत बिपक्षी गठबन्धनका पाँच बिध्यार्थी संगठनले बृहद अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएका छन्।


आइतबार काठमाडौंको प्रदर्शननीमार्गस्थित रत्न राज्य क्याम्पसमा मध्यान्न १२ बजेदेखि कार्यक्रम सुरु हुने अहिल क्रान्तिकरीका प्रवक्ता जीपी मैनालीले जानकारी दिए।
अन्तक्रिया कार्यक्रममा पूर्वविध्यार्थी नेताहरु विश्वप्रकास शर्मा, गुरुराज घिमिरे, प्रदिप पौडेल, देवेन्द्र पराजुली, हिमाल शर्मा, रमेश मल्ला, जगन्नथ ढकाल, रामकुमारी झाँक्री, यज्ञराज सुनुवार, गंगा नारायण श्रेष्ठ, भिम राई, मानुषी यमी भट्टराई, कृष्ण अधिकारी, घनश्याम न्यौपाने लगायत ले सम्बोधन गर्ने कार्यक्रम छ। वक्ताका रुपमा सहभागी रहने छन ।


१४ असारमा नेबिसंघ अध्यक्ष राजीब ढुंगाना, अखिल (क्रान्तिकारी) का अध्यक्ष रन्जित तामाङ, अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली, समाजवादी विध्यार्थी यूनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ र अखिल छैठौंका अध्यक्ष बिमल पोखरेल बैठकले पूर्व विद्यार्थी नेताहरुको सहभागितामा अन्तक्रिया कार्यक्रम गर्ने निर्णय गरेको थियो।

प्रधानमन्त्री केपी ओलीको असंबैधानिक र प्रतिगामी कदमको शसक्त प्रतिरोधको तयारी गर्न तथा संसद बिघटनविरुद्ध सर्वोच्च अदालतमा विचाराधिन मुद्दामा सरकार पक्षबाट हुनसक्ने संभावित चलखेल र सेटिङ बिरुद्ध खबरदारी गर्न अन्तक्रिया कार्यक्रम गर्न लागिएको संयुक्त विद्यार्थी संगठनले जनाएका छन्।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु