Information is intelligence
HomeInternationalदुई नेपाली क्रिकेट क्लबद्वारा अस्ट्रेलियाको राजधानीमा रक्तदान कार्यक्रम

दुई नेपाली क्रिकेट क्लबद्वारा अस्ट्रेलियाको राजधानीमा रक्तदान कार्यक्रम

- Advertisement -spot_img

अस्ट्रेलियाको राजधानी क्यानवेरामा सक्रिय दुई नेपाली क्रिकेट क्लब बुद्ध नेप्लिज र ब्रदर्श यूनाईटेडको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

नेप्लिज बल्ड डोनर एसोसिएशन अस्ट्रेलियाको पहलमा क्यानवेराको ज्ञारेनमा अवस्थित लाईफ़ ब्लड डोनर सेन्टरमा भएको रक्तदान कार्यक्रममा दुई क्लबका १६ खेलाडीले रक्तदान गरेको एसोसिएशनका सदस्य ललित मल्लले जानकारी दिए ।

रक्तदानमा सहभागी खेलाडी एवंम स्वयंसेवक शुरेश सुबेदी, विशाल वस्नेतले कोभिड कहरका विच रक्तदान गर्न पाएकोमा खुसी ब्यक्त गरे । खेलाडीहरले आगामी दिनमा पनि रक्तदान जस्तो मानव जिवनसँग जोडीएको पवित्रकार्यलाई जारी राख्ने बताएका छन ।

कोभिडका कारण रगतको अभाव देखिएपछि आस्ट्रेलियन रेडक्रसले रक्तदान गर्न आह्वान गरिरहेको बेला नेपाली समुदायमा सक्रिय विभिन्न संघसंस्था तथा व्यक्तिले रक्तदान जारी राखेका छन । यस अघि चितवन समाज अस्ट्रेलियाले पनि सिडिनीमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु