Information is intelligence
HomeNewsटोखामा टिप्परकाे ठक्करबाट दुई जनाको मृत्यु, एक घाइते

टोखामा टिप्परकाे ठक्करबाट दुई जनाको मृत्यु, एक घाइते

- Advertisement -spot_img

काठमाडौं उपत्यकाको टोखा नगरपालिकामा टिप्परकाे ठक्करबाट दुई जनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन्।

शनिबार राति बा २ क ३४६६ नम्बरको टिपरले प्रदेश ३-०२-०१० प ७२२१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो। दुर्घटनामा मोटरसाइकल चालक नुवाकोटको बेलकोट नगरपालिका-६ का सन्तोष अधिकारी र मोटरसाइकलमा सवार दीपेश थापाको ज्यान गएको प्रहरीले जानकारी दिएको छ।

मोटरसाइकलमै सवार एक अर्का सागर खतिवडा घाइते भएका छन्। उनको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ।


टिपर चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु