Information is intelligence
HomeNewsआज राष्ट्रिय सभाको बैठक ;जम्मा दुई कार्यसूची

आज राष्ट्रिय सभाको बैठक ;जम्मा दुई कार्यसूची

- Advertisement -spot_img

आज दिउँसो १ बजे राष्ट्रिय सभाको बैठक बस्दै छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका २ वटा सम्भावित कार्यसूची तोकिएको छ ।

आजको बैठकमा प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले राष्ट्रिय समावेशी आयोगको दोस्रो वार्षिक प्रतिवेदन २०७७/०७७ सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ । यस्तै प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण बिडारीले समितिको दोस्रो वार्षिक प्रतिवेदन २०७७/०७७ सभा समक्ष पेस गर्ने कार्यसूची रहेको सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमले जनाएका छन् । राष्ट्रिय सभाको बर्खे अधिवेशन अन्तर्गत आज दोस्रो बैठक बस्न लागेको हो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु