Information is intelligence
HomeNewsस्याङ्जामा मोटरसाइकल खस्दा चालकको मृत्यु

स्याङ्जामा मोटरसाइकल खस्दा चालकको मृत्यु

- Advertisement -spot_img

काठमाडौं : स्याङ्जामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

गए राति चापाकोट नगरपालिका–१, गैरीथरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको हो । सोही ठाउँ बस्ने २७ वर्षीय राजु गैरेले ज्यान गुमाएका हुन् ।

राति करिब १० बजे चापाकोटबाट चौघेरातर्फ जाँदै गरेको गैरेले चलाएको लु२०प ३९० नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर सडकबाट अन्दाजी २० मिटर तल खसेर दुर्घटना भएको जनाइएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु