Information is intelligence
HomeNewsप्रधानमन्त्रीद्धारा राष्ट्रिय गौरवको आयोजना अपर तामाकोशीको आज उद्घाटन हुदै

प्रधानमन्त्रीद्धारा राष्ट्रिय गौरवको आयोजना अपर तामाकोशीको आज उद्घाटन हुदै

- Advertisement -spot_img

काठमाडौं : बहुप्रतिक्षित राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको उद्घाटन आज हुने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट आज ४ बजे माथिल्लो तामाकोशी आयोजनाको उद्घाटन गर्ने भएका हुन् ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक एवं अपर तामाकोसी हाइड्रोपावर लिमिटेडका अध्यक्ष हितेन्द्रदेव शाक्य, प्रधानमन्त्रीका विकास विज्ञ गजेन्द्र थपलियासहितको टोलीले गत आइतबार र सोमबार आयोजना निर्माणस्थलको अनुगमन गरी पहिलो युनिटबाट सोमबारदेखि विद्युत उत्पादनको तालिका तय गरेका थिए ।

७६र७६ मेगावाटका ६ युनिट रहेको ४५६ मेगावाट जडित क्षमताको आयोजनाबाट पहिलो युनिटको उत्पादन प्रसारण लाइनमा जोडिएको हो । पहिलो युनिटबाट विद्युत उत्पादन भएपछि बाँकी युनिटहरुबाट क्रमश स् विद्युत उत्पादन हुनेछ । प्रसारण लाइनमा जोडिएपछि १५ दिन परिक्षण मात्र हुने छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु