Information is intelligence
HomePoliticsकांग्रेसको समायोजन समिति बैठक बस्दै

कांग्रेसको समायोजन समिति बैठक बस्दै

- Advertisement -spot_img

काठमाडौं : नेपाली कांग्रेसको समायोजन समितिको बैठक आज बस्दैछ । उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा रहेको समितिको बैठकले अन्य पार्टीबाट कांग्रेस प्रवेश गरेकाहरुलाई क्रियाशील सदस्यता दिने सन्दर्भमा देखिएको विवाद समाधानका लागि छलफल गर्नेछ ।

अपरान्ह ४ बजेपछि कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा सप्तरी, बारा, काभ्रे, काठमाडौं,रुपन्देही लगायतका जिल्लामा देखिएको समायोजन सम्बन्धी विवादबारे छलफल हुने बताइएको छ ।

अन्य पार्टीबाट प्रवेश गरेकालाई क्रियाशील सदस्यता दिने विषयको विवादमा दुवै पक्षसँग छलफल गरेर आवश्यक निर्णय लिने समायोजन समितिको तयारी छ ।

कांग्रेसले तत्कालीन लोकतान्त्रिक फोरमबाट आएकालाई समायोजन गर्न निधिको संयोजकत्वमा बनाएको समितिले राप्रपासहित अन्य पार्टीबाट कांग्रेस प्रवेश गर्नेको हकमा पनि काम गरिरहेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु