Information is intelligence
HomeNewsनिवर्तमान माओवादी सांसद चाँदतरा कुमारीलाई चेक बाउन्स मुद्दा

निवर्तमान माओवादी सांसद चाँदतरा कुमारीलाई चेक बाउन्स मुद्दा

- Advertisement -spot_img

काठमाडौं : सात जेठको मध्यराति विघटन गरिएको प्रतिनिधि सभाकी समानुपातिक सांसद चाँदतरा कुमारीलाई चेक अनादर मुद्दा परेको छ । चाँदतरा तत्कालीन नेकपा (माओवादी केन्द्र) को कोटामा पर्साबाट समानुपातिक सांसद छनोट भएकी थिइन् ।
उनलाई जितपुर सिमरा उप–महानगरपालिकाका स्थायी बासिन्दा महमद आरिफ देवानले हिजो २० असारमा पर्सा जिल्ला अदालतमा चेक अनादर मुद्दा दायर गरेका हुन् । चाँदतराको तारेख पर्सी २४ असारमा तोकिएको छ ।

चाँदतरालाई कुनै समय उनकै स्वकीय सचिव रहेका देवानले चेक अनादर मुद्दा दायर गरेका हुन् । पटक–पटक आग्रह गर्दा पनि पर्सा प्रहरीले चाँदतरा विरुद्धको चेक अनादर मुद्दा दर्ता गर्न नमानेपछि अदालतको ढोका ढक्ढक्याउन पुगेको देवानको भनाइ छ ।
देवानका अनुसार गत पुसमा चाँदतराले छोरा क्यानडा पठाउन पैसा अपुग भएकोले अहिले १२ लाख रुपैयाँ चलाई देउ । आमाको नाममा जग्गा छ । एक महिनाभित्र त्यो बेचेर फिर्ता गर्छु भन्दै पैसा माग गरेकी थिइन । यसपछि उनले आफन्त साथीभाइसँग ऋण सापटी लिएर चाँदतराको नाममा रहेको माछापुच्छ«े बैंक काठमाडौं बानेश्वर शाखाको खातामा १२ लाख पैसा जम्मा गरिदिएका थिए ।


चाँदतराले बंगलादेशमा अध्ययन गरिरहेका अर्का छोराको लागि समेत ऋण मागेपछि माछापुच्छ«े बैंककै विरगञ्ज शाखामा पुनः ३ लाख ५० हजार रुपैयाँ जम्मा गरिदिएको देवान बताउँछन् ।

प्राप्त विवरण अनुसार २२ पुस ०७६ मा चाँदतराले देवानलाई एभरेष्ट बैंक लिमिटेड सिंहदरवार काउन्टरको १२ लाखको चेक दिएकी थिइन । तर, पटकपटक धाउँदा पनि त्यो चेक साटिएन । त्यसैगरी माछा बैंकले तीन लाख ५० हजार रुपैयाँको अर्को चेक पनि साटिएको छैन । चेक नसाटिएको सुनाउँदा चाँदतराले सुरु–सुरुमा पर्ख भनेको र पछि गालीगलौज, धाक धम्की दिन थालेको देवानको भनाइ छ ।

‘चाँदतरा र म नेकपा (माओवादी केन्द्र) एउटै पार्टीका हौ । मुस्लिम समुदायकी छोरी चाँदतराको पछि लागे मेरो पनि केही पहिचान होला भनेर १५ महिना उनको स्वकीय सचिव भए’, देवान भन्छन्, ‘तर, मेरै पैसा लगेर अहिले मलाई नै दुःख दिइन । त्यसैले चेक अनादरको मुद्दा हाल्न बाध्य भएको हुँ।’

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु