Information is intelligence
HomePoliticsसांसद पद गए जान्छ, हस्ताक्षर फिर्ता लिँदैनौँ : नेपाल समूह

सांसद पद गए जान्छ, हस्ताक्षर फिर्ता लिँदैनौँ : नेपाल समूह

- Advertisement -spot_img

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि गरेको हस्ताक्षर फिर्ता लिन दिएको समय आज सकिँदैछ ।

एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई ओलीले आज बेलुका ५ बजेसम्म हस्ताक्षर फिर्ता नभए एमाले हुन नसक्ने बताएका थिए ।

तर नेपाल समूहको आन्तरिक बैठकले सर्वोच्च अदालतको फैसला नआएसम्म हस्ताक्षर फिर्ता नलिने निष्कर्ष निकालेको थियो ।

ओलीले नेता नेपालसँग भेट्न खोजे पनि नेपालले भने अस्वीकार गरेका थिए ।

त्यसपछि ओलीले नेता भीम रावलसँग आइतबार बेलुका दुईघण्टा बढी छलफल गरेका थिए ।

सोमबार बिहान एक सांसद्ले बाह्रखरीसँगको अनौपचारिक छलफलमा भने, “अहिले हस्ताक्षर फिर्ता लिने भन्ने कुरै रहँदैन । सांसद पद गए जान्छ तर अहिले हस्ताक्षर फिर्ता लिने सम्भावना छैन । अदालतको फैसला नआउन्जेल केही हुँदैन ।”

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु