Information is intelligence
HomeInternationalसाइप्रसको जंगलमा भीषण आगलागी : चारको मृत्यु

साइप्रसको जंगलमा भीषण आगलागी : चारको मृत्यु

- Advertisement -spot_img

साइप्रसको दक्षिणी पहाडी क्षेत्रको जंगलमा भीषण आगलागी भएको छ । आगलागीमा परी चार जनाले ज्यान गुमाएका छन् ।

वन विभागका निर्देशकले साइप्रसको इतिहासकै भयंकर आगलागी भएको बताएका छन् । आगलागीले ५० वर्ग किलोमिटर क्षेत्र नष्ट भएको छ भने ९० किलोमिटर टाढासम्म आगोबाट प्रभावित भएको छ ।

यसभन्दा पहिला सन् १९७४ मा यस्तै खालको घटना घटेको थियो ।

प्रहरीले ६७ वर्षीय एक नागरिकलाई आगो लगाएको आरोपमा पक्राउ गरेको छ । बढ्दो तापक्रमबाट पनि आगलागी भएको हुन सक्नाले यस बारेमा पनि अनुसन्धान भइरहेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु