Information is intelligence
HomeInternationalहलिउड फिल्म 'सुपरम्यान' का निर्देशक रिचर्ड डोनरको निधन

हलिउड फिल्म ‘सुपरम्यान’ का निर्देशक रिचर्ड डोनरको निधन

- Advertisement -spot_img

काठमाडौं । हलिउड फिल्म ‘सुपरम्यान’ का निर्देशक रिचर्ड डोनरको निधन भएको छ । उनको सोमबार ९१ वर्षको उमेरमा निधन भएको अन्तर्राष्ट्रिय मिडियामा जनाइएको छ ।

अमेरिकाको न्यूयोर्कस्थित ब्रोङ्क्समा जन्मिएका उनको निधन भएको बारे श्रीमती लरेन शुलर डोनरले खुलाएकी छिन् । रिचर्डकी श्रीमती लरेन पनि फिल्म निर्माता हुन् ।

रिचर्डले सन् १९७८ मा ‘सुपरम्यान’ बनाएका थिए । जुन फिल्मलाई धेरैले रुचाएका थिए । उनको फिल्म ‘द गुनिज’ले पनि तहल्का नै पिटेको थियो । यो फिल्म उनले १९८५ मा बनाएका थिए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु