Information is intelligence
HomeNewsनारायणगढ–मुग्लिङ सडक अझै खुलेन : यात्रु र चालक अलपत्र

नारायणगढ–मुग्लिङ सडक अझै खुलेन : यात्रु र चालक अलपत्र

- Advertisement -spot_img

काठमाण्डाै – नारायणगढ–मुग्लिङ सडक अझै खुलेको छैन । निरन्तर पहिरो खसेकाले बन्द सडक खुलाउन समस्या भएको चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताउनुभयो ।

लगातारको पानीले पहिरो जाँदा चार–पाँच दिनयता सडक खुल्ने र लगत्तै बन्द हुने गरेको छ । निरन्तरको पानीले सडक खण्डको सेती दोभान, चारकिलो र पाँचकिलोमा ठूलो पहिरो खसेको छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेका अनुसार अहिले पहिरो हटाउन चारवटा मेसिन र प्राविधिकहरु खटिएका छन् । दिउँसोसम्म पहिरो पन्छाएर सडक खुलाउने गरी प्रयास भइरहेको उहाँको भनाइ छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले अत्यावश्यक गाडीलाई वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेको छ । काठमाण्डौ आउने मुख्य सडक बन्द हुँदा दर्जनौँ गाडी र यात्रुबीच बाटोमै रोकिएका छन् ।

नारायणगढ–मुग्लिङ सडक खण्डसहित अहिले देशभरका १३ वटा सडक बन्द छन् । बन्द सडक र राजमार्ग खुलाउने प्रयास गरिरहेको सडक विभागले जनाएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु