Information is intelligence
HomeNewsकालिकोटमा जिप दुर्घटना: एकको मृत्यु, ४ जना घाइते

कालिकोटमा जिप दुर्घटना: एकको मृत्यु, ४ जना घाइते

- Advertisement -spot_img

कालिकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।


रास्कोट नगरपालिका वडा नम्बर ६ सन्नीघाटमा मंगलबार बिहान जिप दुर्घटना हुँदा ३६ वर्षीय पम्फा फडेराको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

रास्कोटबाट क १ ज २३ नम्बरको उक्त जिप जितेगढा बजार आउँदै गर्दा दुर्घटनामा परेको थियो।


प्रहरीका अनुसार दुर्घटनामा चार जना घाइते छन्। घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएको छ।

जिपमा चालकसहित १२ जना सवार थिए। ओरालो सडकमा अनियन्त्रित भएर जिप दुर्घटनामा परेको प्रहरीको भनाइ छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु