Information is intelligence
HomeNewsठगी गरेको आरोपमा निवर्तमान मन्त्री प्रभु साहबिरुद्ध उजुरी

ठगी गरेको आरोपमा निवर्तमान मन्त्री प्रभु साहबिरुद्ध उजुरी

- Advertisement -spot_img

काठमाडौं -क्यानडा पठाइदिने भन्दै ३० लाख रुपैयाँ लिएको भन्दै निवर्तमान मन्त्री प्रभु साहबिरुद्ध उजुरी परेको छ ।

उनीबिरुद्ध काठमाडौं बाँसबारीकी दीपा कुँवरले क्यानडा पठाइदिने भन्दै लिएको पैसा नतिरेको भन्दै महानगरीय प्रहरी वृत्त बानेश्वरमा निवेदन दिएपछि कारोवारको विषय सार्वजनिक भएको हो ।

कुँवरले क्यानडा पठाइदिने भन्दै ३० लाख रुपैयाँ लिएकोमा १० लाख फिर्ता लिएको र अन्य रकम फिर्ता नगरेपछि प्रहरीमा उजुरी गर्न बाध्य भएको कुँवरले बताएकी छन् ।

साह वैदेशिक रोजगार समेत हेर्ने प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिका तत्कालीन सभापति समेत हुन् । साहले क्यानडा पठाउन रकम लिएको अस्वीकार गरेका छन् ।

उनने आफु एमालेमा प्रवेश गरेपछि पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रपञ्चमा आधारहीन आरोप लगाएको दाबी गरेका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु