Information is intelligence
HomeNewsमहुली खोलाले बगाउँदा युवतीको मृत्यु

महुली खोलाले बगाउँदा युवतीको मृत्यु

- Advertisement -spot_img

सप्तरीको अग्निसाइर कृष्णसरवण गाउँपालिकाको महुली खोलाले बगाउँदा एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा अग्निसाइर-१ का जुरमी साहकी २२ वर्षीया छोरी महाकुमारी साह रहेको प्रहरीले जनाएको छ ।

आफ्नी बहिनी आशाकुमारीसँग बाँसको तामा काट्नका लागि जङ्गल पुगेका बेला तामा लिएर सोमबार साँझ घर फर्किने क्रममा महुली खोलामा आएको बाढीले महाकुमारीलाई बगाएको थियो ।

इलाका प्रहरी कार्यालय महुली र कञ्चनपुरको प्रहरी टोली तथा स्थानीय बासिन्दाले खोजतलास गर्ने क्रममा बगाएको ठाउँबाट करीब २०० मिटर पर मृतावस्थामा उनको शव भेटिएको सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु