Information is intelligence
HomeHealthतनाव व्यवस्थापन सम्वन्धी छलफल

तनाव व्यवस्थापन सम्वन्धी छलफल

- Advertisement -spot_img

२२ असार २०७८|अपाङ्गता भएका व्यक्तिहरूको लागि नेपाल बोसिया सङ्घको आयोजनामा कोरोना महामारीको समयमा अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गरी ‘भर्चुअल मार्फत तनाव व्यवस्थापन’ सम्वन्धी कार्यक्रमको आयोजना गरिएको छ ।

सो संघले सोमवार आयोजना गरेको उक्त कार्यक्रममा मनोचिकित्सक डा. कपिलदेव उपाध्यायले खेलकुदमा संलग्न हुँदा शारीरिक अभ्यासको साथै मष्तिस्कको विकासमा समेत सहयोग पुग्ने, खेलकुद लगायत आफुलाई मन पर्ने काम गर्दा सेरोटोनिन, डोपामिन रसायनको विकासले अपाङ्गता भएका व्यक्ति समेत खुशी हुने बताए ।

उक्त छलफलमा आयोज संस्था नेपाल बोसिया संघकी अध्यक्ष गोमा पौडेलले अनिता व्हाइट फाउण्डेशनको सहयोगमा संघले कोरोना महामारीका कारण दुई वर्षदेखि घरमै आइसोलेसन बसेका अपाङ्गता भएका व्यक्ति तथा खेलकुदमा संलग्न अपाङ्गता भएका खेलाडीको तनाव व्यवस्थापन, खोलकुद नेतृत्व शिक्षाको अनुभव आदान प्रदान, भर्चुअल बोसिया बोसिया खेलकुदको जनचेतनाका लागि भर्चुअल मार्फत चार दिने वृहत कार्यक्रमको आयोजना गरिएको जानकारी दिएकी थिइन ।

त्यसै गरी सोही संस्थाका महासचिव देव कुमारी पराजुलीले कार्यक्रममा डा. उपाध्यायले दिनु भएको प्रस्तुतीले सकारात्मक प्रभाव परेको बताइन । त्यसै गरी डाउन सिन्ड्रोम समाज नेपालकी अध्यक्ष अध्यक्ष शिला थापाले आफु र आफ्नो जिम्मेवारी राम्रोसँग निभाउन तनाबका सवालमा समय समयमा विज्ञयहरुसँग छलफल गर्नु पर्ने, परामर्श लिनु पर्ने बताइन ।

सो छलफलमा तनावको कारण क्यान्सर बढ्ने, मोटाउने, विर्सने, डिप्रेसन, सुगर बढ्ने, छिट्टै बुढ्यौली लाग्ने, शरीरमा लाग्ने घाउहरू छिटो निको नहुने समस्या हुने बताउदै तनावले घृणा, लोभ, ८० प्रतिशत विरामी हुने कारण तनावलाई मानिएको र एक व्यक्तिलाई हुने तनाबले अन्य व्यक्रिहरुमा पनि प्रभाव पार्न सक्ने जानकारी गराइएको थियो ।

साथै तनाव व्यवस्थापनका लागि थेरापी गर्नु पर्ने, , खेलकुदमा सहभागी हुने, मनोपरामर्श सेवा लिने, सङ्गीत सुन्ने, शारीरिक व्यायाम गर्ने, ध्यान र योगको अभ्यास गर्ने गर्नाले तनावलाई व्यवस्थापन गर्न सकिने पनि बताइएको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु