Information is intelligence
HomeEconomyजीवन विकास लघुवित्तको आइपिओ आज बाँडफाँड हुँदै, यसरी हेर्नुहोस् रिजल्ट

जीवन विकास लघुवित्तको आइपिओ आज बाँडफाँड हुँदै, यसरी हेर्नुहोस् रिजल्ट

- Advertisement -spot_img

जीवन विकास लघुवित्तको आइपिओ (आज) बुधबार बाँडफाँड हुँदै छ। बिक्री प्रवन्धक एनएमबि क्यापिटलका अनुसार आज साढे ९ बजे आइपिओ बाँडफाँड गर्ने गरी तयारी गरिएको हो । 

जीवन विकासले असार ११ गतेबाट आइपीओ बिक्री खुल्ला गरेको थियो ।

छिटोमा १५ गतेसम्म र बिक्री नभएमा ढिलोमा २५ गतेसम्म आवेदन दिन पाइने थियो । 

लाखले यो कम्पनीको आइपिओ भरेका छन्। कम्पनीले कुल १९ लाख ७७ हजार ३ सय कित्ता आइपिओ निष्कासन गरेको हो। जसमध्ये कर्मचारी र सामुहिक लगानी कोषलाई छुट्याएपछि बाँकी रहेको १८ लाख ४८ हजार १५ कित्ता सेयर सर्वसाधारणलाई बाँडफाँड हुने भएको छ। कम्पनीको आइपिओ जम्मा १ लाख ८४ हजार ८ सय १ जनालाई पहिले १० कित्ताका दरले बाँडफाँड गरिने क्यापिटलले जनाएको छ। त्यसपछि ५ कित्ता बाँकी रहन्छ। न्यूनतम १० कित्ता दिनुपर्ने प्रावधान छ, तसर्थ यो ५ कित्ता छुट्टै दिन मिल्दैन।

त्यसैले १० कित्ता पाएकाहरुबाटै २० वा सोभन्दा धेरै कित्ताका लागि आवेदन दिएकाहरुबाट गोलाप्रथा गरी ५ जनालाई थप १–१ कित्ता अर्थात ११ कित्ताका दरले बाँडफाँड गरिने छ। 

जीवन विकास लघुवित्त कम्पनीको वित्तीय स्थिति अरु लघुवित्तको तुलनामा मजबुत देखिएको छ। आव २०७६–७७ सक्म कम्पनीको प्रतिसेयर आम्दानी १०४ रुपैयाँ ९७ पैसा छ।

त्यस्तै प्रतिसेयर नेटवर्थ ३०७ रुपैयाँ छ। कम्पनीको निष्क्रिय कर्जा चैत मसान्तसम्म ०. ६ प्रतिशत छ। मोरङको कटहरीमा प्रधान कार्यालय रहेको कम्पनीको देशभर १३८ स्थानमा शाखा तथा उपशाखा कार्यालय संचालनमा छन्।

यसरी हेर्नुहोस् रिजल्ट

iporesult.cdsc.com.np

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु