Information is intelligence
HomeNewsखहरे खोलाको बाढीले घर बगाउँदा दम्पतीको मृत्यु

खहरे खोलाको बाढीले घर बगाउँदा दम्पतीको मृत्यु

- Advertisement -spot_img

म्याग्दी — मंगला गाउँपालिका–५ छिस्वाङस्थित खहरे खोलामा आएको बाढीले घर बगाउँदा दम्पतीको मृत्यु भएको छ ।

मंगलबार राति आएको बाढीले सोही घरमा पसल चलाउँदै आएका मालिका गाउँपालिका–६ रातोढुंगाका २२ वर्षीय गजिन रोका र उनकी श्रीमती १९ वर्षीया विना रोकालाई बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्याम राईले बताए ।

उनीहरूको शव घरदेखि केही तल म्याग्दी खोला किनारमा फेला परेको प्रहरीले जनाएको छ । बाढीले छिस्वाङमा अन्य केही घरमा पनि क्षति पुर्‍याएको छ ।

त्यसै गरी रातभरको वर्षापछि बेनी–दरवाङ, बेनी–जोमसोम र बेनी–बाग्लुङ सडकमा दर्जनौं साना–ठूला पहिरो झरेकाले यातायात अवरुद्ध भएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु