Information is intelligence
HomeNewsपेट्रोलियम पदार्थको मूल्य वृद्धि खारेज गर्न नेविसंघको माग

पेट्रोलियम पदार्थको मूल्य वृद्धि खारेज गर्न नेविसंघको माग

- Advertisement -spot_img

काठमाडौं : सरकारले गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर्न नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सरकारसँग माग गरेको छ ।

नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले अत्यावश्यकीय उपभोग्य वस्तुमा मूल्यवृद्धिका कारण चौतर्फी महंगी बढ्ने र कोरोना संक्रमणको महामारीबाट ग्रस्त जनताले थप सास्ती खेप्नु पर्ने बताउँदै मूल्यवृद्धि फिर्ता गर्न माग गर्नुभएको हो ।

महामन्त्री तिमल्सिनाले संकटका बेला जनताको चुल्हो बन्द गराउने सरकार र नेपाल आयल निगमको दुर्नियत निन्दनीय भएको भन्दै पटक पटक आम उपभोक्ताको ढाड सेक्ने गरी गरिएको चर्को मूल्यवृद्धिको विरुद्ध आआफ्नो ठाउँबाट प्रतिरोध गर्न अपिल गर्नुभएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु