Information is intelligence
HomeNewsट्रकको ठक्करबाट सडक मजदुरको मृत्यु

ट्रकको ठक्करबाट सडक मजदुरको मृत्यु

- Advertisement -spot_img

सुर्खेत : कर्णाली राजमार्गमा ट्रकले ठक्कर दिँदा एकजना सडक मजदुरको ज्यान गएको छ ।

कर्णाली राजमार्ग अन्र्तगत दैलेखको दुल्लु नगरपालिका–२ कुवाखोलामा सुर्खेत देखि जुम्ला जाँदै गरेकोे भे १ ख २३९७ नम्बरको मिनी ट्रकले ठक्कर दिँदा दुल्लु नगरपालिका–६ तोलीपानीका १७ वर्षीय यज्ञबहादुर घर्तीको मंगलबार बेलुकीपख मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार ती व्यक्ति सडकको कुनामा काम गरिरहेका थिए । सोही अवस्थामा मिनी ट्रकले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको हो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु