Information is intelligence
HomeNewsबाग्लुङको ताराखोलामा पहिरोमा परी एक जना बेपत्ता

बाग्लुङको ताराखोलामा पहिरोमा परी एक जना बेपत्ता

- Advertisement -spot_img

बाग्लुङ — पहिरोले खोर बगाएपछि बाख्रा जोगाउन गएका एक युवा बेपत्ता भएका छन् । पहिरोमा ताराखोला गाउँपालिका १ का १८ वर्षीय राजेन्द्र कार्की बेपत्ता भएको इलाका प्रहरी कार्यालय ताराखोलाका प्रहरी नायब निरीक्षक लक्ष्मण न्यौपानेले बताए ।

खोरका बाख्रा जोगाउन निस्केका कार्कीसहित ४१ वटा बाख्रा समेत बगेका छन् । ‘रातको समयमा खोरमा पसेर बाख्रा जोगाउन खोजेका रहेछन्, उनीसमेत बेपत्ता छन्’ न्यौपानेले भने, ‘अहिले स्थानीय र प्रहरी टोलीले खोजी कार्य गरिरहेको छ ।’

इलाका प्रहरी कार्यालयमा जनशक्ति कम भएकाले गलकोटस्थित हरिचौरबाट थप प्रहरी खोजी कार्यमा परिचालन गरिएको छ । त्यस्तै पहिरो खस्दा ताराखोलाकै वडा नं. २ अर्गलमा पनि एक घर पुरिएको छ । उक्त घरमा बस्दै आएका भने पहिले नै सुरक्षित स्थानमा सरिसकेका थिए । पहिरोको जोखिमा रहेका गाउँपालिकाका विभिन्न वडाका २५ घरका परिवार सुरक्षित स्थानमा सरेर बसेको गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले बताए ।a

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु