Information is intelligence
HomeBusinessविज्ञापन व्यवसायका समस्या समाधान गर्न आनको आग्रह

विज्ञापन व्यवसायका समस्या समाधान गर्न आनको आग्रह

- Advertisement -spot_img

काठमाडौँ : नेपाल विज्ञापन संघ (आन) ले विज्ञापन व्यवसायमा देखिएका समस्या समाधान गर्न सरकार र विज्ञापन बोर्डलाई आग्रह गरेको छ ।

मंगलबार विज्ञप्ति जारी गर्दै संघले सरकारसँग विज्ञापन व्यवसायका समस्या समाधान गर्न आग्रह गरेको हो ।

सरकारले विज्ञापन व्यवसायीहरुको सल्लाहलाई बेवास्ता गर्दै एकपक्षीय रूपमा ऐन २०७६ र विज्ञापन बोर्ड गठन प्रक्रिया अघि बढाएकाले समस्या सिर्जना भएको संघका अध्यक्ष सोमप्रसाद धितालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘विज्ञापन नियमन गर्न बनेको ऐन–२०७६ को मस्यौदा तयार गर्दादेखि संसद तथा संसदीय विकास समितिमा उक्त मस्यौदा माथि छलफल हुँदाका बखत समेत मन्त्रालयसँग विज्ञापन संघले सहकार्य गर्दै आएको थियो,’ विज्ञप्तिमा भनिएको छ, ‘तर संघका सुझाव र सल्लाहलाई बेवास्ता गर्दै एकपक्षीय रुपमा सरकारले ऐन तथा कार्यविधि बढाइयो । साथै विज्ञापन बोर्ड गठन प्रक्रिया अगाडि बढाइयो ।’

विज्ञापन बोर्ड गठन प्रक्रियाबाट विज्ञापन व्यवसायको प्रर्वद्वन, विकास, विस्तार र व्यवस्थित हुन्छ भन्नेमा व्यवसायीहरूमा आशंका सिर्जना भएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञापन व्यवसायको बहुआयामिक विशेषता हुने भएकाले यस क्षेत्रको बोर्डमा सहभागिता हुन आवश्यक रहेको संघले जनाएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु