Information is intelligence
HomeNewsतनहुँमा सवारी दुर्घटना : एकको मृत्यु, एक घाइते

तनहुँमा सवारी दुर्घटना : एकको मृत्यु, एक घाइते

- Advertisement -spot_img

तनहुँमा सडक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

जिल्लाको आँबुखैरेनी गाउँपालिका-२ एक्लेफाँटस्थित पृथ्वी राजमार्गमा मोटरसाइकल ट्रकसँग ठोक्किँदा तनहुँ एक्लेफाँटका मोटरसाइकल चालक ३१ वर्षीय दुर्गा भुजेललको घटनास्थलमै मृत्यु भएको हो ।

यसै गरी मोटरसाइकलमा सवार स्थानीय १७ वर्षीय साजन भुजेल घाइते भएका छन् । घाइतेको आँबुखैरनीस्थित अस्पतालमा उपचार भइरहेको छ ।

आँबुखैरिनीतर्फ गइरहेको ना६ख ६११८ नम्बरको ट्रकको पछाडि लु८प ८३५३ नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।

प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिइ आवश्यक सोधपुछ गरिरहेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु