Information is intelligence
HomeSportsअर्जेन्टिना कोपा अमेरिकाको फाईनलमा, मेस्सीको नयाँ कीर्तिमान

अर्जेन्टिना कोपा अमेरिकाको फाईनलमा, मेस्सीको नयाँ कीर्तिमान

- Advertisement -spot_img

अर्जेन्टिना कोपा अमेरिका फुटबलको फाईनलमा प्रवेश गरेको छ । बुधबार बिहान कोलम्बियालाई टाईब्रेकरमा हराउँदै अर्जेन्टिना फाईनल प्रवेश गरेको हो । 

अर्जेन्टिनाको लागि लौटारो मार्टिनेज गोल गरे । दोस्रो हाफमा लुइस डियाजको गोलमार्फत कोलम्बिया खेलमा फर्किएको थियो ।

निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरबाट गरिएको थियो । जसमा अर्जेन्टिनाले ३–२ ले बाजी मार्यो ।

टाईब्रेकरमा अर्जेन्टिनाका लागि लियोनल मेस्सी, लौटारो मार्टिनेज र लियनार्दो डेनियल पेरेडेसले गोल गरेका थिए । अर्जेन्टिनाका रोड्रिगो डी पाउलको टाइब्रेकरमा गोल गर्न चुकेका थिए ।

अर्जेन्टिनाले उपाधिका लागि ब्राजिलसंग प्रतिस्पर्धा गर्नेछ । 

लियोनल मेस्सीले अर्को नया रेकर्ड पनि बनाएका छन् । उनि एकै कोपा अमेरिकामा सबैभन्दा धेरै असिस्ट गर्ने पहिलो खेलाडी बनेका छन् । उनले ५ असिस्ट गरेका छन् भने ४ गोल गरीसकेका छन्।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु