Information is intelligence
HomeNewsअमलेखगञ्जबाट ३० लाख बराबरको मोबाइल बरामद

अमलेखगञ्जबाट ३० लाख बराबरको मोबाइल बरामद

- Advertisement -spot_img

सिमरा प्रहरीले ३० लाख बराबरको मोबाइल बरामद गरेको छ।


जितपुर सिमरा उपमहानगरपालिका-२१ स्थित अमलेखगञ्ज सडकमा प्रहरीले एउटा बोलेरोबाट भन्सार छलेर ल्याइएका मोबाइल बरामद गरेको हो।

प्रदेश २-०३0००१ च १४३ नम्बरको बोलेरोबाट प्रहरीले विभिन्न कम्पनीका १५ सय २० थान मोबाइल बरामद गरेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ।


गाडी र मोबाइलसहित चालक बारा कोल्वी नगरपालिका-४ का पदमबहादुर घिमिरेलाई पक्राउ गरिएको सिमराका प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले बताए।

‘आवश्यक बिल बिजक नभएकोले बरामद गरी भन्सार कार्यालय बुझाइएको छ,’ कुँवरले भने।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु