Information is intelligence
HomeEconomyयुनियन लाइफ इन्स्योरेन्सको आईपीओ भोलिबाट खुल्दै

युनियन लाइफ इन्स्योरेन्सको आईपीओ भोलिबाट खुल्दै

- Advertisement -spot_img

युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारणका लागि असार २४ गते बिहीवारदेखि आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि छुट्याएको कुल कित्तामध्ये ५ प्रतिशत कर्मचारी र ५ प्रतिशत सामूहिक लगानीकोषका लागि सुरक्षित गरी बाँकी ५८ लाख ५ हजार कित्ता आईपीओ ल्याउन लागेको जनाएको छ ।

हाल ७० प्रतिशत संस्थापक तर्फको शेयर स्वामित्व रहेको कम्पनीले सर्वसाधारणमा ३० प्रतिशत शेयर बिक्री गर्न लागेको हो । यसको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । अरु आईपीओ जस्तै बिक्री प्रबन्धकसँगै आस्वा सेवामा सम्बन्धन सम्पूर्ण बैंक तथा वित्तीय संस्था र मेरो शेयर मार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।

छिटोमा असार २८ र ढिलोमा साउन ७ गतेसम्म आवेदन दिन सकिने छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु