Information is intelligence
HomeEconomy१६ अंकले घटेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

१६ अंकले घटेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

- Advertisement -spot_img

बुधबार नेप्से करिब १६.९७ अंकले घटेको छ। गिरावटपछि परिसूचक २८०१.१३ अंकमा कायम भएको छ।

विकास बैंक र माइक्रोफाइनान्स समूह यस दिन बढेका छन् भने अरु सबै घटेका छन्। सेन्चुरी कमर्सियल बैंक संस्थापक समूहको मूल्य सबैभन्दा धेरै साढे ३ प्रतिशतले बढेको छ। त्यस्तै प्राइम कमर्सियल बैंक संस्थापक समूहकै मूल्य पनि ३.५ प्रतिशतले बढेको छ। सिभिल लघुवित्तको मूल्य ३ प्रतिशतले बढेको छ भने मूल्य बढ्ने अरु कम्पनीको दर ३ प्रतिशतमुनि रह्यो। 

आज  माथिल्लो तामाकोसीको मूल्य सबैभन्दा धेरैले घटेको छ। त्यस्तै युनाइटेड इदी मर्दीको मूल्य पनि ५ प्रतिशत अर्थात प्रतिकित्ता २५ रुपैयाँले घटेको छ। कम्पनीको मूल्य प्रतिकित्ता ४५७ रुपैयाँमा झरेको छ। राधी विद्युत, शिवश्री हाइड्रो, घलेम्दी हाइड्रो तथा युनिभर्सल पावर, ओरेन्टल होटल तथा सेन्ट्रल फाइनान्सको मूल्य ३ प्रतिशतभन्दा धेरैले घटेको छ। 

यस दिन ४ अर्ब ५८ करोड रुपैयाँको सेयर किनबेच भएको छ। हिजो ४ अर्ब २२ करोडको कारोबार भएको थियो।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु