Information is intelligence
HomeNewsसमावेशी र कर्णाली क्षेत्रको विकास सम्वन्धी छलफल

समावेशी र कर्णाली क्षेत्रको विकास सम्वन्धी छलफल

- Advertisement -spot_img

२३ असार २०७८ | राष्ट्रिय समावेशी आयोगको आयोजनामा ‘समावेशी र कर्णाली क्षेत्रको विकास सम्वन्धी’ छलफल कार्यक्रम काठमाण्डौंमा समपन्न गरिएको छ ।

सो कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा पुष्पराज कडेँलले देशको कुल क्षेत्रफल मध्ये २२ प्रतिशत ओगटेको कर्णाली प्रदेश भौतिक पूर्वाधार, सामाजिक समृद्धि र त्यहाँको नागरिकको जीवनशैलीको उत्थान नभई नेपालको समृद्धिको सपना पुरा नहुने बताए ।
साथै उनले विविध क्षेत्रको विकासको रणनीति बनाउने राष्ट्रिय समावेशी आयोगसँग राष्ट्रिय योजना आयोगले सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

कार्यक्रममा राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा.रामकृष्ण तिमल्सिनाले आयोगको क्षेत्राधिकारभित्रका जिम्मेवारीलाई कार्यान्वयन गर्न एक वर्षे कार्यक्रम र पाँच वर्षे रणनीतिक योजना बनाइ रहेको सन्दर्भमा कर्णाली प्रदेशको समग्र विकासका लागि कर्णालीविज्ञ, त्यहाँका स्थानीय र त्यस क्षेत्रको बारेमा जानकारी राख्ने व्यक्तिहरुकाट सल्लाह सुझाब सङ्कलन गर्न छलफल भइरहेको बताए ।

आयोगका सदस्य विष्णुमाया ओझाले कर्णाली पुग्दा प्रकृतिले त्यस क्षेत्रलाई अथाह सम्पदाले सिङ्गारेको तर त्यसलाई पैसा र अवसरका रूपमा परिणत गर्न नसकेको बताइन । साथै उनले नागरिकको जीवनस्तर उकास्न दिगो विकासका लागि आयोगले कार्यक्रम र नीति बनाइरहेको जानकारी दिंदै त्यसको कार्यान्वयनको लागि सबैको सहकार्य र समन्वयको खाँचो रहेको बताइन ।

आयोगका प्रवक्ता एवं उपसचिव पुष्कर भट्टराईले आयोगले हाल ड्राफ्ट भइरहेको कार्यक्रम तथा रणनीतिका लागि सम्वन्धीत क्षेत्र, जातजाति र वर्गको बारेमा विज्ञहरूबाट सुझाव सङ्कलन गर्न छुट्टाछुट्टै कार्यक्रमहरूको आयोजना भइरहेको जानकारी दिएका थिए । त्यसै गरी कर्णाली क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिका पूर्व अध्यक्ष शिवराज शर्माले कर्णालीको विकासका लागि पर्यटन महत्वपूर्ण पक्ष भएको भन्दै कर्णाली करिडोर लगायत अन्य बाटोको विकास गर्न सके मानसरोवर जाने करोडौं भारतीय पर्यटक सहित आन्तरिक तथा बाह्य पर्यटकको विकासको लागि टेवा पुग्ने बताए । आज ललितपुर आयोजना गरिएको सो कार्यक्रममा पूर्व मन्त्री प्रेमबहादुर सिंहले कर्णालीलाई समस्याको रूपमा हेरेर त्यहाँको समस्या समाधान नहुने भन्दै कर्णालीलाई सम्भावनाको आँखाले हेरौं, सकारात्मक विभेदको नीति कार्यान्वयन गर्रौ र कर्णाली र कर्णाली बासीले अनुभूत गर्ने विकासमा जोड दिनु पर्ने बताए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु