Information is intelligence
HomeNewsबाढीकाे जाेखिम, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

बाढीकाे जाेखिम, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

- Advertisement -spot_img

देशका अधिकांश भूभागमा पानी पर्न थालेसँगै बाढी पहिरोको जोखिम बढेको छ।

बाढी पूर्वानुमान महाशाखाले नदीहरुमा जलसतह बढ्दो क्रममा रहेकोले तटीय क्षेत्रका बासिन्दालाई उच्च सावधानी अपनाउन आग्रह गरेको छ।

बिहीबार बिहान ७ बजेको मापन अनुसार सुनकोशी, सप्तकोशी, कालीगण्डकी, सेती खोला लगायतका नदीमा बहाव बढ्दो क्रममा छ।

यस्तै नारायणी, बढीगाड रुद्रबेनी जलमापन केन्द्र र तमोर, मुलघाट जलमापन केन्द्रमा पानीको बहावले सतर्कता तह पार गरेको महाशाखाले जानकारी दिएकाे छ। कर्णाली, महाकाली र यसका सहायक नदीको बिहानको बहाव सामान्य रहेको भए पनि दिउँसो बढ्न सक्ने‍ पूर्वानुमान गरिएकाे छ।

कोशीका सहायक नदीहरु सुनकोशी, भोटेकोशी, तामाकोशी, दुधकोशी, अरुण, तमोर तथा नारायणी र यसका सहायक नदीहरु विशेष गरी त्रिशूली, बुढीगण्डकी, कालीगण्डकी, मर्स्याङ्दी लगायतका नदीमा बहाव उल्लेख्य बढ्ने र केहीमा सतर्कता तह पार गर्ने सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ।

बिहीबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन र यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु