Information is intelligence
HomeNewsवर्षामापन र जल सतह मापनकर्तालाई व्यक्तिगत सुरक्षा सामग्री वितरण

वर्षामापन र जल सतह मापनकर्तालाई व्यक्तिगत सुरक्षा सामग्री वितरण

- Advertisement -spot_img

मनसुनजन्य विपद्को पूर्वतयारीका लागि कञ्चनपुरका वर्षा मापन अवलोकनकर्ता र जल सतह मापनकर्तालाई व्यक्तिगत सुरक्षा सामग्री वितरण गरिएको छ ।

नेपाल रेडक्रस सोसाइटी कञ्चनपुरले सञ्चालन गरेको एमरेड परियोजनाको सहयोगमा ३४ जना वर्षा मापन र जल सतह मापनकर्तालाई व्यक्तिगत सुरक्षा सामग्री वितरण गरिएको हो । रेडक्रसका जिल्ला सभापति टेकराज उप्रेती र महाकाली वेसिन फिल्ड कार्यालय अत्तरियाका प्रमुख गोविन्द झाले संयुक्तरूपमा व्यक्तिगत सुरक्षा सामग्रीका रूपमा हाते टर्च, गमबुट, हेड टर्च, छाता वितरण गरेक हुन् ।

व्यक्तिगत सुरक्षा सामग्रीसँगै वर्षा मापन र जल सतह मापनकर्तालाई रु एक हजारको रिचार्ज कार्डसमेत उपलब्ध गराइएको छ । मनसुनजन्य विपद्का बेला नदीको बहावको अवस्था र वर्षाबारे जिल्ला आपत्कालीन केन्द्रमा सूचना प्रवाह गर्नका लागि सहज होस् भनेर रिचार्ज कार्ड उपलब्ध गराइएको परियोजनाका संयोजक महेश घिमिरेले बताए । उनका अनुसार सम्भावित जोखिमबाट जोगाउनका लागि वर्षा मापन र जल सतह मापनकर्ताका लागि बीमासमेत गरिएको छ ।

एशियन लाइफ इन्स्योरेन्ससँगको साझेदारीमा परियोजनाअन्तर्गत ३४ जनाको रु तीन लाखको दुर्घटना बीमा गरिएको छ । पूर्वसूचना प्रणाली विकासका लागि जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र (डिओसी)को समन्वयमा बाढी पूर्वतयारीका लागि नदी तथा वर्षा मापनकर्ताको फोन नम्बर (मोबाइल नम्बर) पुनरावलोकन गर्ने कार्यसमेत सम्पन्न गरिएको छ । मछेली नदीको उद्गमस्थान गोदावरी कोल्मोडा सत्यासमा नदी मापक टेलिमेट्रिक रडार सिस्टम जडान गर्ने कार्यलाई समेत अगाडि बढाइएको छ । मछेली नदीको सतहको अवस्था थाहा पाउन दुई ठाउँमा डिस्प्ले बोर्ड राख्ने योजनाअनुरूप काम भइरहेको परियोजनाका संयोजक घिमिरेले बताउनुभयो । जिल्ला विपद् व्यवस्थापन समितिले तयार गरेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजनाअनुसार कञ्चनपुरमा मनसुनजन्य विपद्बाट ११ हजार ८२५ घरघुरीका ६५ हजार ३५ जनसङ्ख्या प्रभावित हुने आकलन गरिएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु