Information is intelligence
HomeNewsभक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालक भट्टराईको मृत्यु

भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालक भट्टराईको मृत्यु

- Advertisement -spot_img

भक्तपुर | भक्तपुर–काठमाडौं ६ लेन सडकअन्तर्गत भक्तपुरको चारदोबाटोस्थित साझा पेट्रोल पम्प अगाडि बिहीबार साँझ मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार काठमाडौंबाट भक्तपुरतर्फ आउँदै गरेको बा ९३ प ९६५२ नम्बर मोटरसाइकल दुर्घटना हुँदा चालक संखुवासभा चैनपुर घर भई हाल सिन्धुपाल्चोकको बाह्रबीसे बस्ने ४३ वर्षीय प्रकाश भट्टराईको मृत्यु भएको हो।

परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले मोटरसाइकल आफैँ अनियन्त्रित भई सडकको बायाँपट्टिको रेलिङमा ठक्कर खाई दुर्घटना भएको थियो। दुर्घटनामा मोटरसाइकल चालक भट्टराई गम्भीर घाइते भएको उनले बताए।

मध्यपुर अस्पतालमा उपचारकै क्रममा घाइते भट्टराईलाई सम्बन्धित चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु