Information is intelligence
HomeNewsअपाङ्गता भएका महिलाहरुलाई घर दैलोमा पुगेर खाद्यन्न तथा स्वास्थ्य सामाग्रीहरु वितरण

अपाङ्गता भएका महिलाहरुलाई घर दैलोमा पुगेर खाद्यन्न तथा स्वास्थ्य सामाग्रीहरु वितरण

- Advertisement -spot_img

२५ असार, २०७८, काठमाण्डौं | अपाङ्गता भएका महिलाहरुको महासंघ नेपालको समन्वय तथा झापा ७, बिर्तामोड स्थाई घर भएका र हाल गैर आवासिय नेपाली संघ (NRNA) जर्मनीको खेलकूद संयोजक अर्जुन ओली र उनका साथी योवन प्रसाईको संयुक्त आर्थिक सहयोगमा विभिन्न प्रकारका अपाङ्गता भएका महिलाहरुलाई उनीहरुको घर दैलोमा नै पुगेर खाद्यन्न तथा स्वास्थ्य सामाग्रीहरु वितरण गरियो ।

कोभिड( १९ को कारण नेपालमा दोस्रो पटक गरिएको निषेधाज्ञाको समयमा विभिन्न समस्याहरुको सामना गरेका काठमाण्डौंमा रहेका विभिन्न प्रकारका १५ जना अपाङ्गता भएका महिलाहरुलाई उनीहरुको घर दैलोमा नै गएर राहत स्वरुप खाद्यन्न तथा स्वास्थ्य सामाग्रीहरु वितरण गरिएको हो । ती अपाङ्गता भएका महिलाहरुको आवश्यकता पहिचान गरी स्वास्थ्य तथा सरसफाईका सामाग्रीहरु जस्तै : माक्स, बिरामीको लागि पौष्टिक आहारा र औषधी, ग्यास र खाद्यन्नका सामाग्रीहरु बितरण गरिएको हो ।

कोरोना संक्रमणको दोस्रो चरणको निषेधाज्ञाका क्रममा अत्ति समस्यामा परेका ४ जना स्पाईनल कर्ड ईन्जरी, (मेरुदण्डपक्षघात) ३ जना दृष्टिबिहिन, ५ जना शारीरिक, २ जना सेरेवल पल्सी (बहु(अपाङ्गता) र १ जना बहिरा अपाङ्गता भएका महिलाहरुलाई उनीहरुको घर दैलोमा नै गएर राहत सामाग्रीहरु वितरण गरिएको अपाङ्गता भएका महिलाहरुको महासंघकी अध्यक्ष निर्मला धितालले बताइन । झापा जिल्ला ७ स्थाई घर भएका अर्जुन ओली बिगत १८ बर्ष देखि जर्मनीको हेङ्गवर्गमा बस्दै आएका र त्यहा अवस्थित गैर आवसिय नेपाली संघमा आवद्ध भई विविध सामाजिक अभियानमा संलग्न हुँदै आएका आर्जुन ओलीले कोरोना महामरी लगायत अन्य प्रकोप तथा विपतको समयमा विभिन्न समस्यामा परेका अन्य व्यक्तिहरु तथा अपाङ्गता भएका व्यक्तिहरुलाई सहयोग गर्नु पर्ने बताए ।

यसै क्रममा अपाङ्गता भएका महिलाहरुको महासंघकी अध्यक्ष निर्मला धितालले कोरोना महामरीको कारण विभिन्न समस्याहरुको सामना गरेका अपाङ्गता भएका महिलाहरु मध्ये १५ जनालाई भए पनि सहयोग गरिदिनु भएकोमा अर्जुन ओली र उनका साथी योवन प्रसाईलाई धन्यवाद दिदै आगामी दिनमा पनि यस्ता कार्यहरुमा सहकार्य गर्ने बताइन ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु