Information is intelligence
HomeSportsपटक पटकको हार पछि मेस्सीले जिते पहिलो अन्तर्राष्ट्रिय उपाधि

पटक पटकको हार पछि मेस्सीले जिते पहिलो अन्तर्राष्ट्रिय उपाधि

- Advertisement -spot_img

अर्जेन्टिनी कप्तान लिओनेल मेस्सीले आफ्नो करिअरको पहिलो अन्तर्राष्ट्रिय उपाधि जितेका छन् । आइतबार बिहान भएको खेलमा मेस्सीले कोपा अमेरिकाको उपाधि जित्न सफल भएका हुन् ।

निकै प्रतिस्पर्धात्मक खेलमा अर्जेन्टिनाले ब्राजिललाई १-० गोल अन्तरले पराजित गर्दै उपाधि हात पार्यो । अर्जेन्टिनालाई उपाधि दिलाउनको लागि विंगर एन्जल डी मारियाले गोल गरे । उनले खेलेको २२ मिनेटमा रोड्रीगो डे पलले दिएको लामो पासमा गोल गरेका थिए ।

मेसीले यसअघि अर्जेन्टिनाको जर्सीमा चार वटा फाइनल खेले पनि उपाधि जित्न सकेका थिएनन् । पटक/पटक फाइनल पुगेर पनि उपाधि जित्न नसकेको अर्जेन्टिनाले १९९३ पछि पहिलो पटक कोपा अमेरिकाको उपाधि जितेको हो ।

अर्जेन्टिना २०१४ को विश्वकप, २०१५ र २०१६ को कोपा अमेरिकाको फाइनलमा पुगेको थियो । त्यसअघि उनी टोलीमा रहँदा सन् २००७ मा पनि अर्जेन्टिना कोपाको फाइनलमा पुगेको थियो । तर, चारैपटक अर्जेन्टिना फाइनलमा पराजित भएको थियो ।

साथै उनी कोपा अमेरिकाका उत्कृष्ट खेलाडी एवं सर्वाधिक गोलकर्ता बनेका छन्। 

यसपटक कप्तान मेस्सीले अर्जेन्टिनालाई उपाधि दिलाउन उत्कृष्ट खेल खेलेका हुन्। उनले ७ खेलमा ४ गोल र ५ असिस्ट दिएका हुन्।

अर्जेन्टिनाले गरेका १२ गोलमध्ये ९ गोलमा मेस्सीको प्रत्यक्ष भूमिका रह्यो। 

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु