Information is intelligence
HomeNewsपहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध

पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध

- Advertisement -spot_img

अविरल वर्षापछि आएको पहिरोले सिद्धार्थ राजमार्ग अन्तरगत पाल्पाको तिनाउ गाउँपालिकाको सिद्धबाबा क्षेत्रमा पहिरो जाँदा अवरुद्ध भएको छ।

माथिबाट खसेको पहिरोका कारण विहान साढे ११ बजेबाट सडक अवरुद्ध भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ।

दोभान तर्फबाट डोजर आउँदै गरेको र पानी कम भएमा सडक खुल्नसक्ने ट्राफिक प्रहरी प्रवक्ता डिल्लीनारायण पाण्डेयले जानकारी दिए ।

यसैबीच पाल्पाको राम्दीमा पनि पहिरो जाँदा सडक अवरुद्ध भएको छ। राजमार्ग अवरुद्ध हुँदा दुबैतर्फ सवारी साधनहरु अलपत्र परेका छन्।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु