Information is intelligence
HomeNepali Businessसबै सेवा एउटै एपमा दिने ‘साहारा एप’ सार्वजनिक

सबै सेवा एउटै एपमा दिने ‘साहारा एप’ सार्वजनिक

- Advertisement -spot_img

काठमाडौं । सम्पूर्ण अनलाइन सुविधा भएको एप सार्वजनिक भएको छ । विजनेस ग्रोथ कम्पनीले बहुउपयोगी एपको रुपमा ‘साहारा एप‘ सञ्चालनमा ल्याएको हो ।

एपमा राइड शेयरिङदेखि अनलाइन शपिङसम्मको सुविधा रहेको कम्पनीले जनाएको छ । हाल राइड शेयरिङ मात्र सञ्चालनमा रहेकोमा निकट भविष्यमा अन्य सुविधा समेत थपिने कम्पनीका अध्यक्ष शेखर श्रेष्ठले बताए ।

पछिल्लो समय लोकप्रिय भएको राइड शेयरिङ सेवा यो एपमा बिना इन्टरनेट तथा एसएमएस समेत लिन सकिने कम्पनीको दाबी छ । काठमाडौं उपत्यकामा मात्र नभइ देशका अन्य सहरी भागमा पनि सेवा प्रदान गर्ने कम्पनीको लक्ष्य रहेको छ ।

कम्पनीले आफ्नो आम्दानीको केही प्रतिशत रकम समाज सेवामा लगाउने घोषणा समेत गरेको छ । रोजगारी गुमाएका युवाका लागि राइड शेयरिङ सेवा आम्दानी गर्ने एउटा गतिलो विकल्प बनेको छ ।

राइड शेयरिङको माध्यमबाट युवाहरुले रोजगार पाउनुका साथै सेवाग्राहीहरुले सस्तो, विश्वसनीय सेवा पाउनुका साथै समयको समेत बचत हुने कम्पनीका सीईओ विशाल जिसीले बताए । एपमा उच्च गुणस्तरीय प्रविधिको प्रयोग गरिएको उनको दाबी छ ।

कम्पनीमा हाल दक्ष अनुभवि सात जना व्यवस्थापक र प्राविधिक कार्यरत छन् । हाल साहारा एपका प्रयोगकर्ता बढ्दो क्रममा रहेका छन् ।

राइडर र ग्राहकमाझ साहारा एप लोकप्रिय हुँदै गएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार हाल साहारा एपका प्रयोगकता १५ हजारभन्दा भन्दा बढी रहेका छन् भने पाँच हजारभन्दा बढी सवारी साधनहरु जोडिएका छन् ।

साहारा एप डाउनलोड गरी मोबाइल नम्बर सहितको आफ्नो व्यक्तिगत विवरण भरेर बाइक र गाडी छनौट गरी राइडरहरुले आफूलाई रजिस्टर गराउन सक्छन् । साथै ग्राहकले पनि साहारा एप डाउनलोड गरेर आफ्नो व्यक्तिगत विवरण भरी रजिस्टर गराउन सक्छन् ।

यसका लागि राइडरले साहारा पार्टनर र ग्राहकले साहारा एप डाउनलोड गर्नुपर्ने हुन्छ । ‘हाम्रो शुल्क बजारमा रहेका अन्य सेवाप्रदायकभन्दा सस्तो पनि छ,’ कम्पनीका सीईओ जीसीले भने, ‘त्यसमाथि राइडरबाट समेत अरुलेभन्दा थोरै कमिसन लिने गरेका छौं ।’

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

- Advertisement-spot_img

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु