Information is intelligence
HomeEconomyमनकामना लघुवित्तकाे आइपिओ बाँडफाँड सम्पन्न , यसरी हेर्नुहाेस रिजल्ट

मनकामना लघुवित्तकाे आइपिओ बाँडफाँड सम्पन्न , यसरी हेर्नुहाेस रिजल्ट

- Advertisement -spot_img

मनकामना स्मार्ट लघुवित्तकाे आइपिओ बाँडफाँड सम्पन्न भएकाे छ । आज बिक्री प्रबन्धक एन्एमबि क्यापिटलकाे कार्यालयमा बिहान बाँडफाँड सम्पन्न भएकाे हाे ।

कम्पनीकाे आइपिओ मा ९८ प्रतिशतभन्दा बढी लगानीकर्ताहरूकाे हात खाली भएकाे छ । २ जना भाग्यशाली लगानीकर्ताले ११ कित्ता आइपिओ हात पारेका छन भने अरू ३६ हजार ३ सय ४७ जनाले १० कित्ताकाे दरले आइपिओ हात पारेका छन् ।

आइपिओकाे नतिजा भने केही समय पछाडी मात्र हेर्न पाइनेछ । शेयर एलटमेन्ट सूची सफ्टवेयरमा अपलाेड गरिसकेपछि मात्र सर्वसाधारणले नतिजा हेर्न पाइने बिक्री प्रबन्धकले बताएकाे छ ।

कसरी हेर्ने रिजल्ट ?
सिडिएसि एण्ड क्लियरिङ लिमिटेडले आइपिओ रिजल्ट हेर्न बनाएकाे नयाँ वेव पाेर्टल https://iporesult.cdsc.com.np मा रिजल्ट हेर्न सकिनेछ ।

त्यस्तै मेराे शेयरमा पनि हेर्न सकिनेछ ।
मेराे शेयरबाट रिजल्ट हेर्नका लागि तपाइँले आफ्नाे मेराे शेयर लगिन गरी माइ आस्वा मा गएर एप्लिकेसन रिपाेर्टमा क्लिक गरी मनकामना स्मार्ट लघुवित्तकाे रिपाेर्टमा क्लिक गर्नुपर्नेछ । त्यसपछि तल स्ट्याटसमा एलाेटेड भए तपाइँलाइ आइपिओ परेकाे र नट एलाेटेड भए नपरेकाे जानकारी प्राप्त गर्न सकिन्छ ।

त्यस्तै बिक्री प्रबन्धक एन्एमबि क्यापिटलकाे https://nmbcl.com.np/shareallotment लिंकमा गएर पनि रिजल्ट हेर्न सकिनेछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु