Information is intelligence
HomeNewsदुईसय वटा अक्सिजन सिलिण्डर हस्तान्तरण

दुईसय वटा अक्सिजन सिलिण्डर हस्तान्तरण

- Advertisement -spot_img

काठमाण्डौं | एस.टी.सी. गु्रुपले कोरोना भाइरु संक्रमणको कारण अक्सिजन प्रयोगकर्ता व्यक्तिहरुलाई सहज रुपमा अक्सिजन प्रयाग गर्न सकुन भनेर बागमती प्रदेशका मुख्य मन्त्री डोरमणी पौडेललाई दुईसय वटा अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको छ ।

उक्त ग्रुपले आइतबार काठमाण्डौंमा आयोजना गरेको सामाजिक उत्तरदायित्व कार्यक्रममा वागमती प्रदेशलाई अक्सिजन सिलिण्डर र रेगुलेटर प्रदान गरेको हो । सो कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले देशलाई संकट परेको समयमा सरकारसँग हातेमालो गरेको भन्दै एसटिसी गु्रुपलाई धन्यवाद दिदैं सरकारको तर्फबाट गर्न सकिने सबै प्रकारको सहुलित प्रदान हुने आश्वासन व्यक्त गरे ।

त्यसै गरी कार्यक्रममा गु्रुपका प्रवन्ध निर्देशक सुरेन्द्र कुमार उप्रेतीले मुलुकलाई समस्यामा परेको बेला गु्रुपले हातेमालो गर्न चाहेको र संस्थाले सामाजिक उत्तरदायित्व वहन गर्नु पर्ने शीर्षक अन्तरगत नै सहयोग प्रदान गरेको बताए ।

एस.टि.सी. गु्रुप अटोमोवाइलको विभिन्न ब्राण्डको स्पेयर्स पार्ट्स, टायर ल्युव तथा व्याट्रिको आधिकारीक विक्रेता एवं उत्पादक कम्पनी हो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु