Information is intelligence
HomeHealthमहिनावारीका सवालमा तालिम

महिनावारीका सवालमा तालिम

- Advertisement -spot_img

विश्वास नेपालले टिडिएस संस्थासँगको सहकार्यमा मनोरञ्जन क्षेत्रमा संलग्न महिला / किशोरीलाई लक्षित गरी १० दिने महिनावारीका समयमा प्रयोग गर्ने घरेलु प्याड बनाउने तालिम प्रदान गरेको छ ।

सो तालिको उद्घाटनका क्रममा विश्वास नेपालका अध्यक्ष तारा भण्डारीले कोरोना महामारीको संक्रमणका कारण दोस्रो चरण्को निशेधाज्ञ पश्चात रोजगारी गुमाएर आर्थिक संकटमा परेका महिला दिदी बहिनीहरुलाई यो तालिम प्रदान गरिएको भन्दै यसरी बनाइएका प्याडहरु महिनावारीका समयमा आफैले पनि प्रयोग गर्न सकिने र विक्रि गरी आर्थिक उपार्जन पनि गर्न सकिने बताइन ।

रेष्टुरेन्ट, डान्सबार, क्लब, मसाज पार्लरमा रोजगारी गर्ने श्रमिकको हक हितका लागि काम गर्दै आएको विश्वास नेपालले प्रदान गर्ने १० दिने प्याड बनाउने तालिममा चन्द्रा सुब्बाले प्रशिक्षण दिने हुने छ भने सो तालिममा २२ जनाको महिला / किशोरीको सहभागिता रहने आयोजक संस्थाले जानकारी दिएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु