Information is intelligence
HomeSportsइटाली यूरो कप फुटबल २०२० को च्याम्पियन

इटाली यूरो कप फुटबल २०२० को च्याम्पियन

- Advertisement -spot_img

काठमाडौं, असार २८ । इटाली यूरो कप फुटबल २०२० को च्याम्पियन भएको छ । फाइनलमा इंग्ल्याण्डलाई उसको घरेलु मैदानमा हराउँदै इटाली यूरो कपको च्याम्पियन बनेको हो ।  इटालीले इङ्ल्याण्डको पहिलो पटक यूरो कप जित्ने सपना चकनाचुर पारिदएिको छ ।

निर्धारित समय १–१ को बराबरी खेलेको दुबै टोलिले अतिरिक्त समयमा समेत गोल थप्न सकेनन । खेल पेनाल्टी शूट आउटमा गयो । पेनाल्टी शूट आउटमा इटालीले इंग्ल्याण्डलाई ३–२ ले हराउँदै उपाधि जित्न सफल भएको छ । इंग्ल्याण्डका लागि बुकायो साका, जेदन साञ्चो र मार्कस रास्फोर्डको पेनाल्टी प्रहार गोल हुन सकेन । इटालीका बेलोट्टी र जोर्गिन्होको पेनाल्टी प्रहार विफल हुन पुग्यो ।

LONDON, ENGLAND – JULY 11: Gianluigi Donnarumma of Italy saves the England fifth penalty taken by Bukayo Saka of England leading to his team’s victory during the UEFA Euro 2020 Championship Final between Italy and England at Wembley Stadium on July 11, 2021 in London, England. (Photo by Facundo Arrizabalaga – Pool/Getty Images)

यूरो कप फुटबलको फाइनल पेनाल्टी शूट आउटबाट टुंग्याइएको यो दोस्रो अबसर हो । यसअघि सन् १९७६ मा चेक रिपब्लिक र पश्चिम जर्मनीबीचको फाइनल खेलको निर्धारित समय २–२ को बराबरीमा टुंगिदा खेल पेनाल्टी शूट आउटमा गएको थियो । चेक रिपब्लिकले पेनाल्टी शूट आउटमा जित हात पार्दै उपाधि जित्न सफल भयो ।

इटालीले यूरो कप फुटबलको उपाधि जितेको यो दोस्रो अवसर हो । यसअघि इटालीले सन् १९६८ मा उपाधि उचालेको थियो । दोस्रो पटक यूरो कपको उपाधि उचाल्न इटालीले ५० वर्षभन्दा बढी समय पर्खनु पर्यो ।

इटालीले हालसम्म चार पटक यूरो कपको फाइनलसम्मको यात्रा गरेको थियो । सन् २००० र २०१२ मा इटाली फाइनलसम्मको यात्रा तय गरेपनि उपाधि जित्न सकेको थिएन । इङ्लण्ड भने ३५ वर्षपछि प्रतियोगिताको फाइनलसम्म पुगेर पनि उपाधि जित्ने सपना पुरा गर्न सकेन ।

लण्डनको बेम्ब्ली स्टेडियममा घरेलु मैदानमा दर्शकको साथ र समर्थन पाएको इङ्ल्याण्डले खेलको दा्रेो मिनेटमै गोल गर्दै उत्कृष्ट सुरुवात गरेपनि त्यसलाई निरन्तरता दिन सकेन । इङ्ल्याण्ड घरेलु मैदानमा इतिहास बनाउन पाएको अवसर गुमाउँदा निराश हुन पुगेको छ । इटालीले भने प्रतियोगिताको समूह चरणको सबै खेल जितेर उत्कृष्ट सुरुवात गरेको थियो ।

इटालीले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा आफ्नो अपराजित यात्रालाई ३४ खेलसम्म पुर्याएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु