Information is intelligence
HomeSportsरोनाल्डोले गोल्डेन बुट जित्दा पेड्री बने 'योङ प्लेयर अफ दि टुर्नामेन्ट'

रोनाल्डोले गोल्डेन बुट जित्दा पेड्री बने ‘योङ प्लेयर अफ दि टुर्नामेन्ट’

- Advertisement -spot_img

युरो कप २०२० मा सर्वाधिक गोलकर्ताले पाउने गोल्डेन बुट अवार्ड पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले जितेका छन् । 

पोर्चुगल यो पटक युरो कपको अन्तिम १६ बाटै बाहिरिएको थियो । तर समूह चरणका तीन र अन्तिम १६ का एक गरी प्रतियोगिताका चार खेलमा पाँच गोल गरेका रोनाल्डोले सर्वाधिक गोलकर्ताको अवार्ड पाएका हुन्  ।

त्यस्तै, स्पेनका मिडफिल्डर पेड्री युरोकपको उत्कृष्ट युवा खेलाडी घोषित भएका छन् ।

आइतबार सम्पन्न युरोकपमा उत्कृष्ट प्रदर्शन गरेका पेड्री योङ प्लेयर अफ दि टुर्नामेन्ट बनेका हुन् । प्रतियोगितामा उनले ६ खेल खेलेका थिए ।

सेमिफाइनलमा इटलीसँग पेनाल्टीसुटआउटमा पराजित भए पनि उनले उत्कृष्ट खेल देखाएका थिए । पेड्रीले उक्त खेलमा ६६ मध्ये ६५ पास पूरा गरेका थिए । जसले गर्दा उनको चर्चा चुलिएको थियो ।

स्पानिस क्लब बार्सिलोनाबाट खेल्ने पेड्री आन्द्रेज इनेएस्टाभन्दा राम्रो रहेका खेलपछि स्पेनका प्रशिक्षक लुइस एनरिकेले बताएका थिए । गत संस्करणबाट प्रदान गर्न थालिएको युवा खेलाडीको अवार्ड यसअघि २०१६ मा पोर्चुगलका रेनाटो सान्चेजले जितेका थिए ।

साथै इटालीका गोलकिपर जियानलुइजी डोनारुम्मा सर्वोत्कृष्ट खेलाडी बनेका छन् । इटालीलाई युरोकपको उपाधि दिलाउन उत्कृष्ट प्रदर्शन गरेका जियानलुइजी सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु