Information is intelligence
HomeNewsएमाले स्थायी कमिटी बैठक बस्दै

एमाले स्थायी कमिटी बैठक बस्दै

- Advertisement -spot_img

काठमाडौँ |  नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । पार्टी एकताको लागि कार्यदलले गरेको सहमति अनुमोदन गर्न बैठक बस्न लागेको हो ।

बैठक आज बेलुकी ५ बजे बस्ने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

लामो समयदेखिको अन्तरविरोध समाधान गर्दै एमाले विवाद समाधान कार्यदलमा सहमति जुटेपछि पार्टी  विभाजन हुनबाट जोगिएको छ ।कार्यदलले आइतबार राति १० बुँदे सहमति सार्वजनिक गरेको थियो ।

कार्यदलले तयार गरेको ‘विद्यमान समस्या समाधानसम्बन्धी प्रस्ताव’ लाई मङ्गलबार बस्ने केन्द्रीय कमिटीको बैठकले समेत अनुमोदन गर्नेछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु