Information is intelligence
Homeagricultureसामुदायिक वनमा कागती खेती सुरु

सामुदायिक वनमा कागती खेती सुरु

- Advertisement -spot_img

कञ्चनपुर : कृष्णपुर नगरपालिका–४ मालुबेलास्थित नमुना सामुदायिक वनमा फलफूलका विरुवा रोप्ने सुरु गरिएको छ। नगरपालिकाको फलफूल विकास कार्यक्रमअन्तर्गत ५० प्रतिशत अनुदानमा सामुदायिक वनलाई विरुवा उपलब्ध गराइएको हो।

नगर प्रमुख कर्णबहादुर हमालले वन क्षेत्रको दुई बिघामा फलफूल रोप्ने कार्यको सुरुवात भएको बताए। ‘सामुदायिक वनमा सुन कागतीका ७०० वटा विरुवा रोपिएको छ,’ नगर प्रमुख हमालले भने, ‘पर्यापर्यटन प्रवर्द्धनका लागि नगरपालिकाले सामुदायिक वनको करिब १० हेक्टरमा विरुवा रोप्ने गुरु योजना तयार गरेको छ। अझै तीन हजारभन्दा बढी विरुवा सामुदायिक वनमा रोप्ने लक्ष्य लिइएको छ।’

वन आसपास क्षेत्रका लक्षित वर्ग र विपन्न वर्गका लागि रोजगारी सिर्जना गरी आयआर्जनमा टेवा पु¥याउने लक्ष्य लिएर कार्यक्रम अघि सारिएको उनले बताए। नगरपालिकाले तयार पारेको गुरुयोजना अनुसार उक्त क्षेत्रमा बाटो, पोखरी तथा घेरबार निर्माणको कार्य गरिएको छ। सामुदायिक वनमा रहेको पोखरीलाई विस्तार गरि डुङ्गा चलाईने, स्विमिङ पुल तथा पार्क निर्माण लगायतका कार्यहरु छिट्टै अगाडि बढाइन लागेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय