Information is intelligence
HomePoliticsसर्वाेच्च अदालतको फैसला प्रजातन्त्रविरोधी : नेमकिपा

सर्वाेच्च अदालतको फैसला प्रजातन्त्रविरोधी : नेमकिपा

- Advertisement -spot_img

सर्वोच्च अदालतले सोमबार गरेको फैसलालाई नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले ‘प्रजातन्त्रविरोधी’को आरोप लगाएको छ।

प्रतिनिधि सभा पुनःस्थापना गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गर्न अदालतले दिएको परमादेश ‘शक्ति पृथकीकरणको सिद्धान्तविपरीत’ भएको नेमकिपाको दाबी छ।

सोमबार राति अबेर नेमकिपाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रमको नियुक्तिको परमादेश, मन्त्रिमण्डलको गठन र राजनीतिक दलबाट निर्वाचित सांसदहरूलाई दलको ह्विप नलाग्ने फैसला संविधानको शक्ति पृथकीकरणको सिद्धान्तविपरीत छ। यो फैसला व्यवस्थापिकामाथि न्यायपालिकाको आक्रमण हो, प्रजातन्त्रविरोधी कदम हो।’

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु