Information is intelligence
HomeNewsदाङमा एक व्यक्तिमाथि खुकुरी प्रहार

दाङमा एक व्यक्तिमाथि खुकुरी प्रहार

- Advertisement -spot_img

घोराही : पुरानो रिसिईवी साँध्न दाङ तुलसीपुरमा विहान खुकुरी प्रहार भएको छ । तुलसीपुर ९ दोघरे स्थित जिम क्लब नजिकै तुलसीपुर ५ रानीजरुवा निवासी २३ बर्षीय बिशाल सुनारमाथि खुकुरी प्रहार भएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालका अनुसार दंगीशरण गाउँपालिका वडा नं ५ लौवस्ता निवासी २५ बर्षीय निर्मल बस्नेतले खुकुरी प्रहार गरेका हुन् । खुकुरी प्रहार गर्दा सुनारको बाँया खुट्टाको तिघ्रामा काटेको छ । उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । खुकुरी प्रहार गर्ने बस्नेत भने फरार छन् । उनलाई खोजी गरिरहेको प्रहरी नायब उपरीक्षक रिजालले बताए । मंगलवार विहान सवा ६ बजेतिर उक्त घटना भएको हो ।

उनीहरुबीच सोमवार पनि सामान्य विवाद हुँदा हातपातको स्थिति आएको थियो । पातुखोला नजिकको पुलमा हातपात हुँदा विशालको हातमा चोट लागेको थियो ।

हातमा चोट लागेका विशालले हिजै ईलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेरी दिएका थिए । उनीसहित गएका उनका साथीहरु भने क्लब भित्र थिए । उनी बाहिर होटेलमा चिया खाँदै गरेको अबस्थामा बस्नेत आएर खुकुरी प्रहार गरेको स्थानीय बताउँछन् ।

त्यस्तै, दाङमा एक जना ब्यक्ति छुरा प्रहारबाट गम्भिर घाइते भएका छन ।

घोराही १५ निबासी ६१ बर्षिय दामोदत पौडेलमाथी अज्ञात ब्यक्तिले छुरा प्रहार गरेर गम्भिर घाइते बनाएको हो । छुरा प्रहारबाट घाइते पौडेलको छाति, घाटि र पेटमा गम्भिर चोट लागेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

बिहान मर्निवाक जानेक्रममा घोराही १४ झिगौरामा उनिमाथी छुरा प्रहार गरेर घाइते बनाएको जिल्ला प्रहरी प्रबक्ता तथा डिएसपि मुकुन्दप्रसाद रिजालले बताए । उनको उपचार राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा भइरहेको छ । छुरा प्रहारबाट उनको मोटो आन्द्रा पुरै छिया छिया भएको छ भने सानो आन्द्रामा प्वाल परेको प्रतिष्ठानले जनाएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु