Information is intelligence
HomeNewsदेउवाले प्रधानमन्त्रीको रुपमा साँझ ६ बजे शपथ लिने

देउवाले प्रधानमन्त्रीको रुपमा साँझ ६ बजे शपथ लिने

- Advertisement -spot_img

काठमाडौँ | नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको रुपमा साँझ ६ बजे शपथ लिने भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख स्वकीय सचिव डा.भेषराज अधिकारीका अनुसार ६ बजे शपथको कार्यक्रम तय भएको हो ।

सर्वोच्च अदालतले सोमबार प्रतिनिधि सभा पुनःर्स्थापना गर्दै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो । देउवा पाचौँ पटक प्रधानमन्त्री बन्न लागेका हुन् । देउवा यसअघि २०५२ सालमा, २०५८ सालमा, २०६१ सालमा,  २०७४ सालमा प्रधानमन्त्री भएका थिए ।  

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु