Information is intelligence
HomeSportsरियलले मिलानसँग मैत्रीपुर्ण खेल खेल्ने

रियलले मिलानसँग मैत्रीपुर्ण खेल खेल्ने

- Advertisement -spot_img

स्पेनिस क्लब रियल म्याड्रिडले प्रि–सिजनमा इटालियन क्लब एसी मिलानसँग मैत्रीपुर्ण खेल खेल्ने भएको छ । रियलले २०२१–२२ को प्रि–सिजनमा मिलानसँग मैत्रीपुर्ण खेल खेल्ने तय भएको जनाएको छ ।

मैत्रीपुर्ण खेल अष्ट्रिया क्लागेनफर्टस्थित वर्थहर्सी स्टेडियममा ८ अगस्टमा हुनेछ । यस मैत्रीपुर्ण खेलमा लागि युरोपेली च्याम्पियनसिप र कोपा अमेरिका कपमा समावेश खेलाडीहरु पनि समावेश हुनेछन् । उनीहरु यसै साता रियलको प्रशिक्षण क्याम्पमा जोडिने बताइएको छ ।

कार्लाे एन्सेलोट्टीको नेतृत्वमा रियलले आफ्नो पहिलो मैत्रीपुर्ण खेलमा स्पेनको तल्लो डिभिजनको फुएनलाब्रादालाई ३–१ ले पराजित गरिसकेको छ । यस्तै रियलले स्टेभेन जेरार्डको रेन्जर्ससँग पनि आइब्रक्स स्टेडियममा खेल्ने यसअघि नै तय छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु